फागुनमा अधिकांश बैंकको ब्याजदर स्थिर, ग्लोबल आइएमईले बढाउँदा लक्ष्मी सनराइजले भने घटायो 

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार फागुनमा अधिकांश बैंकको ब्याजदर स्थिर छ ।  बैंकहरुको नयाँ ब्याजदरअनुसार २० वाणिज्य बैंकहरुको औसत ब्याजदर ६ प्रतिशत रहेको छ । माघ महिनामा पनि बैंकहरुको ब्याजदर औसतमा ६ प्रतिशत नै थियो ।  फागुनमा २० मध्ये १८ वाणिज्य बैंकहरुले […]

Feb 12, 2025 - 07:10
 0
फागुनमा अधिकांश बैंकको ब्याजदर स्थिर, ग्लोबल आइएमईले बढाउँदा लक्ष्मी सनराइजले भने घटायो 

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार फागुनमा अधिकांश बैंकको ब्याजदर स्थिर छ । 

बैंकहरुको नयाँ ब्याजदरअनुसार २० वाणिज्य बैंकहरुको औसत ब्याजदर ६ प्रतिशत रहेको छ । माघ महिनामा पनि बैंकहरुको ब्याजदर औसतमा ६ प्रतिशत नै थियो । 

फागुनमा २० मध्ये १८ वाणिज्य बैंकहरुले माग महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । अर्थात, फागुनमा १८ वाणिज्य बैंकहरुको ब्याजदरमा कुनै फेरबदल गरिएको छैन । तर, दुईवटा वाणिज्य बैंकले भने फागुनमा ब्याजदरमा फेरबदल गरेका छन् । 

जसमध्ये ग्लोबल आइएमई बैंकले फागुनमा निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ भने लक्ष्मी सनराइज बैंकले ०.२५ बिन्दुले घटाएको छ । योसँगै दुवै बैंकले फागुनमा क्रमशः ६ प्रतिशत र ५.५० प्रतिशत ब्याजदर कायम गरेका छन् । माघमा ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंकको ब्याजदर ५.७५ प्रतिशत रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register