सामाजिक सञ्जाल विधेयकविरुद्ध माइतीघरमा नेविसङ्घको प्रदर्शन (तस्वीरहरू)
काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको हो । विद्यार्थीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने गरी विधेयकमा राखिएका प्रावधानहरूको विरोध गर्दै संशोधनको माग गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनिवार्य रूपमा पहिचान दर्ता गर्नुपर्ने, […]

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।
सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको हो ।
विद्यार्थीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने गरी विधेयकमा राखिएका प्रावधानहरूको विरोध गर्दै संशोधनको माग गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनिवार्य रूपमा पहिचान दर्ता गर्नुपर्ने, सरकारलाई अनुगमनको व्यापक अधिकार दिने र अस्पष्ट कानुनी परिभाषाका कारण कलात्मक र सृजनात्मक अभिव्यक्ति प्रभावित हुने प्रावधानप्रति असन्तुष्टि जनाएका छन् ।
हेरौँ, तस्वीरहरु –
What's Your Reaction?






