काङ्ग्रेसले गर्‍यो एमालेसँग सत्ता साझेदारीको समीक्षा

काठमाडौं ।  नेपाली काङ्ग्रेसले एमालेसँगको सत्ता साझेदारीबारे समीक्षा गरेको छ । शुक्रबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको बैठकले सत्ता सहकार्यको समीक्षा गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सात महिने अवधिको सहकार्यको समीक्षा भएको बताए । ‘एमालेसँगको सत्ता साझेदारीबारे समीक्षा भएको छ । यस्तै, राजनीतिक दल सम्बन्धी ऐनका […]

Feb 28, 2025 - 13:13
 0
काङ्ग्रेसले गर्‍यो एमालेसँग सत्ता साझेदारीको समीक्षा

काठमाडौं ।  नेपाली काङ्ग्रेसले एमालेसँगको सत्ता साझेदारीबारे समीक्षा गरेको छ । शुक्रबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको बैठकले सत्ता सहकार्यको समीक्षा गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सात महिने अवधिको सहकार्यको समीक्षा भएको बताए । ‘एमालेसँगको सत्ता साझेदारीबारे समीक्षा भएको छ । यस्तै, राजनीतिक दल सम्बन्धी ऐनका दफाहरू शुन्यताका अवस्थामा रहेकाले त्यसको व्यवस्थापनबारे पनि छलफल भयो,’ उनले भने ।

बैठकमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्बन्धी समेत छलफल भएको छ। स्ववियु निर्वाचन आगामी चैत ७ गते हुँदैछ। त्यस्तै, घिमिरेका अनुसार पाथीभरा क्षेत्रमा हुँदै गरेको केबलकार निर्माणको विरुद्धको आन्दोलनको विषय पनि छलफल भएको थियो। बैठकले सदनमा विधेयक निर्माणको गति बढाउने र वर्तमान सरकारले ल्याएका छ वटा अध्यादेशका विषयमा प्रधानमन्त्रीसँग बैठक गर्ने समेत छलफल गरेको थियो।

बैठकमा संविधान संशोधनबारे पनि छलफल भएको छ । संविधान संशोधन कार्यदललाई पूर्णता दिँदै अन्य दलहरूसँग छलफल गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।’संविधान संशोधन कार्यदललाई पूर्णता दिँदै अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ,’ उनले भने ।

काङ्ग्रेस र एमालेबीच गत असारमा संविधान संशोधनलाई मुख्य एजेण्डा बनाउँदै सत्ता सहकार्यको सहमति भएको थियो । संविधान संशोधनबारे हालसम्म छलफल हुनसकेको छैन । गत पुसमा दुई दलले कार्यदल बनाउने निर्णय गरेपनि कार्यदलका सदस्य टुंगो लागेको छैन । दुई दलले कार्यदलमा पाँच -पाँच सदस्य पठाउने तयारी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register