माओवादी बैठकमा जनार्दनका तीन प्रस्ताव : पार्टीको नाम र चिन्ह परिवर्तन, नेताहरूको सम्पत्ति छानबिन र महाधिवेशन घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव शर्माले अब परम्परागत ढङ्गले पार्टी अगाडि बढ्न नसक्ने भन्दै नाम र चुनाव चिन्ह परिवर्तन गरेर नयाँ रूपमा जानु पर्ने बताए । उपमहासचिव शर्माले पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन पनि […]

Jan 7, 2025 - 10:02
 0
माओवादी बैठकमा जनार्दनका तीन प्रस्ताव : पार्टीको नाम र चिन्ह परिवर्तन, नेताहरूको सम्पत्ति छानबिन र महाधिवेशन घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव शर्माले अब परम्परागत ढङ्गले पार्टी अगाडि बढ्न नसक्ने भन्दै नाम र चुनाव चिन्ह परिवर्तन गरेर नयाँ रूपमा जानु पर्ने बताए ।

उपमहासचिव शर्माले पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन पनि प्रस्ताव गरेका छन् ।

धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले नेताहरूको सम्पत्ति छानबिन गर्न आवश्यक रहेकाले त्यसका लागि आयोग गठन गर्नुपर्ने  बताएका थिए ।

उपमहासचिव शर्माले आफूले अध्यक्षको प्रतिवेदनको समर्थन गरेको भन्दै अगाडि थपे, ‘पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ । पार्टी पुँजीवादकै दलदलमा फसेको छ । संविधान निर्माणपछि हामी कहाँ अल्मलियौँ त्यसको पनि समीक्षा गरौं ।’

 

शर्माले अब महाधिवेशन घोषणा गरेर अघि बढ्न पनि सुझाव दिए । उनले अहिलेको केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्न प्रस्ताव गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

बैठका उठेका प्रश्नको अध्यक्ष प्रचण्डले आज जवाफ दिने कार्यक्रम छ । माओवादीको बैठक आजै सकिने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register