बबरमहलमा खानेपानीको पाइप फुटेको बारे प्राधिकरणः गल्ती हाम्रै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफ्नै गल्ती भएको स्वीकारेको छ । बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी जलमग्न भएपछि कम्पनीका सुपरभाइजर अविनाश कुमारले आफूहरूकै गल्तीका कारण पाइपलाइनमा क्षति पुगेको स्वीकार गरेको केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘वन परिसर अगाडिको […]

Feb 12, 2025 - 15:15
 0
बबरमहलमा खानेपानीको पाइप फुटेको बारे प्राधिकरणः गल्ती हाम्रै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफ्नै गल्ती भएको स्वीकारेको छ ।

बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी जलमग्न भएपछि कम्पनीका सुपरभाइजर अविनाश कुमारले आफूहरूकै गल्तीका कारण पाइपलाइनमा क्षति पुगेको स्वीकार गरेको केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानिबस मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी के. ई. आई. का सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register