सोलुखुम्बुमा भूकम्पले आठ घरमा क्षति

सोलुखुम्बु । मंगलबार बिहानको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेका अनुसार भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा माटोको गाह्रो र टिनको […]

Jan 7, 2025 - 15:39
 0
सोलुखुम्बुमा भूकम्पले आठ घरमा क्षति

सोलुखुम्बु । मंगलबार बिहानको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेका अनुसार भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा माटोको गाह्रो र टिनको छाना भएको दुईतले घर पूर्ण क्षति भएको छ भने सोही वडाको थामेत्याङस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको पोष्ट भवनमा सामान्य क्षति भएको छ ।

यस्तै थुलुङ दूधकोशी गाउँपालिका–७ देउसा लुरूवा बस्ने वर्ष ५० को हर्कबहादुर खत्रीको घरमा आंशिक क्षति पुगेको छ । माप्य दूधकोशी–१ जुभिङका पञ्चबहादुर कामी र निङ्गा नुरू शेर्पाको ढुङ्गा माटोले बनेको घरमा पनि सामान्य क्षति पुगेको प्रनाउ घिमिरेले बताए ।

यस्तै सोताङ गाउँपालिका–३ नार्केलका चेतन बस्नेत र सोही ठाउँका जनक बस्नेतको दुईतले, ढुङ्गामाटोले बनेको घरमा सामान्य क्षति पुगेको छ । जिल्लाको लिखुपिके गाउँपालिका–४ लेब्लुु बस्ने कमलकिशोर कार्कीको ढुङ्गामाटो र टिनको छाना भएको तीनतले घर पनि भूकम्पकै कारणले सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति नभएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register