काठमाडौंबाट लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट शुक्रबार ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । एपीएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले […]

Feb 13, 2025 - 23:57
 0
काठमाडौंबाट लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट शुक्रबार ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

एपीएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरूले प्रयोग गरेको स्कूटर र मोटरसाइकलसमेत बरामद गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register