दुर्गा प्रसाईंलाई पक्राउ गर्न खटियो प्रहरी

काठमाडौं । राजावादी प्रदर्शनका  कमाण्डर दुर्गा प्रसाईं पक्राउका लागि प्रहरी खटिएको छ । सरकारले प्रसाईंलाई पक्राउ गर्न आदेश दिएसँगै उनलाई पक्राउका लागि प्रहरी परिचालन भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारले बताए । ‘भिडलाई उक्साएर अराजकता मच्चाउने र तोडफोडमा उक्साउने कार्यमा जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको आदेश छ । उनलाई पक्राउ […]

Mar 28, 2025 - 12:33
 0
दुर्गा प्रसाईंलाई पक्राउ गर्न खटियो प्रहरी

काठमाडौं । राजावादी प्रदर्शनका  कमाण्डर दुर्गा प्रसाईं पक्राउका लागि प्रहरी खटिएको छ ।

सरकारले प्रसाईंलाई पक्राउ गर्न आदेश दिएसँगै उनलाई पक्राउका लागि प्रहरी परिचालन भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारले बताए ।

‘भिडलाई उक्साएर अराजकता मच्चाउने र तोडफोडमा उक्साउने कार्यमा जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको आदेश छ । उनलाई पक्राउ गर्न प्रहरी खटिएको छ,’ उनले भने ।

आन्दोलनको अघिल्लो दिन केही व्यक्तिमाझ प्रसाईंले आन्दोलनमा दमन गर्ने अवस्था ल्याउने र मान्छे मर्ने स्थिति आउने भन्दै बोलेका थिए ।  सरकारले पूर्वराजा र प्रसाईंलाई आजको तोडफोड, आगजनी र लुटपाटमा जिम्मेवार ठहर गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register