फुसबुकमा केटी बनेर ६ लाख ठग्ने दुई युवक पक्राउ

पोखरा । फेसबुकमा केटीको नामबाट नक्कली आइडी बनाएर ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोकको चौडी देउराली घर भइ काठमाडौंको स्रोहखुट्टे बस्ने १९ वर्षीय मनिष भुजेल र भुम्लुका २१ वर्षीय निशा पहारी पक्राउ परेका हुन् । उनीहरूले फेसबुकमा नेहा गुरुङ नामको नक्कली आइडी खोलेर बेलायत लैजाने प्रलोभन देखाउँदै ६ लाख भन्दा […]

Feb 14, 2025 - 11:15
 0
फुसबुकमा केटी बनेर ६ लाख ठग्ने दुई युवक पक्राउ

पोखरा । फेसबुकमा केटीको नामबाट नक्कली आइडी बनाएर ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलान्चोकको चौडी देउराली घर भइ काठमाडौंको स्रोहखुट्टे बस्ने १९ वर्षीय मनिष भुजेल र भुम्लुका २१ वर्षीय निशा पहारी पक्राउ परेका हुन् ।

उनीहरूले फेसबुकमा नेहा गुरुङ नामको नक्कली आइडी खोलेर बेलायत लैजाने प्रलोभन देखाउँदै ६ लाख भन्दा धेरै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

ठगीमा परेका युवकले प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका दुवैलाई अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको  पनि प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register