कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद् अधिवेशन र अध्यादेशबारे छलफल हुने
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशन र अध्यादेशलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक दुई दिन चल्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । यसअघि शनिबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, पार्टीबाट बनेका मन्त्रीहरूको […]

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशन र अध्यादेशलगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठक दुई दिन चल्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
यसअघि शनिबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, पार्टीबाट बनेका मन्त्रीहरूको बैठकले सरकारले ल्याएको अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको थियो ।
अध्यादेशबारे आफ्ना सांसदहरूसँग सघन ढंगले छलफल गरेर सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा कांग्रेसबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको उनको भनाइ छ ।
महतका अनुसार अध्यादेशबारे संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने कांग्रेसको तयारी छ । उनले संविधान संशोधनका विषयलाई छिटो अघि बढाउन सरकारी तहमा संयन्त्र नै गठन गरे अघि बढिने जानकारी आएको बताए ।
सरकारले ५-६ वटा अध्यादेश ल्याएपछि ढिलोगरी यही माघ १८ का लागि संसद् अधिवेशन बोलाएको छ ।
कांग्रेसले सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने
What's Your Reaction?






