कनकाई अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल

बिर्तामोड, २ फागुन । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका फाइनल पुग्ने पहिलो टोली बनेको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४(३ गोलले पराजित गर्दै कन्काई फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा [...] The post कनकाई अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल appeared first on Jhapa Online.

Feb 14, 2025 - 13:22
 0
कनकाई अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल

बिर्तामोड, २ फागुन । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४(३ गोलले पराजित गर्दै कन्काई फाइनल पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २(२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।

कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, शुशिला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।

खेलको प्लेयर अफ दी म्याच कन्काइकी शुशिला चौधरी घोषितहुँदै नगद ५ हजार पाउन सफल भइन् । भोलि ९शनिबार० अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

The post कनकाई अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register