बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु

झापा, १८ चैत । बिर्तामोडमा आजदेखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे । वडा नम्बर ४ को कार्यालय सहआयोजक रहेको यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । चैत २३ गतेसम्म हुने प्रतियोगितामा झापा जिल्लाका [...] The post बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु appeared first on Jhapa Online.

Mar 31, 2025 - 16:31
 0
बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु

झापा, १८ चैत । बिर्तामोडमा आजदेखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे ।

वडा नम्बर ४ को कार्यालय सहआयोजक रहेको यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । चैत २३ गतेसम्म हुने प्रतियोगितामा झापा जिल्लाका ४१ जना खेलाडीले सहभागिता जनाएको खेल संयोजक विशाल अग्रवालले जानकारी दिए ।

बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष शर्मा, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगितामा पहिलो चरण बेस्ट अफ थ्री, दोस्रो चरण बेस्ट अफ फाइभ, तेस्रो चरण बेस्ट अफ सेभेन र फाइनल राउण्ड बेस्ट अफ नाइनको फर्मेटमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

यस प्रतियोगिताको विजेताले २१ हजारसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले ११ हजार नगद र ट्रफी तथा मेडल प्राप्त गर्नेछ । यस्तै, हाइएस्ट ब्रेकरले ५ हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल चैत २३ गतेसम्म सञ्चालन हुनेछ ।

नगरमै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिता सम्पन्न गर्न १ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । नगर खेलकुद समितिका सदस्य रमेश उप्रेतीले स्वागत गरेको कार्यक्रम आशा गुरुङले सञ्चालन गरेकी थिइन् ।

The post बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register