डोनाल्ड ट्रम्पले बन्द गर्दैछन् सिक्का

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रचलनमा रहेको एक सेन्टको सिक्का छाप्न बन्द गर्न निर्देशन दिएका छन् । ट्रम्पका अनुसार सिक्का बनाउन लाग्ने लागत सिक्काको मूल्यभन्दा बढी हुन्छ । यही कारण उनले सिक्का छाप्न बन्द गर्न निर्देशन दिएको बताइएको छ । अमेरिकी टक्सारका अनुसार, एक सेन्टको सिक्का छाप्न चार सेन्ट खर्च हुन्छ । अमेरिकामा २०२४ मा […]

Feb 14, 2025 - 13:36
 0
डोनाल्ड ट्रम्पले बन्द गर्दैछन् सिक्का

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रचलनमा रहेको एक सेन्टको सिक्का छाप्न बन्द गर्न निर्देशन दिएका छन् । ट्रम्पका अनुसार सिक्का बनाउन लाग्ने लागत सिक्काको मूल्यभन्दा बढी हुन्छ ।

यही कारण उनले सिक्का छाप्न बन्द गर्न निर्देशन दिएको बताइएको छ । अमेरिकी टक्सारका अनुसार, एक सेन्टको सिक्का छाप्न चार सेन्ट खर्च हुन्छ । अमेरिकामा २०२४ मा लगभग ३.२ अर्ब सेन्ट सिक्का छापिएका थिए ।

क्यानडा, न्यूजील्याण्ड, अष्ट्रेलिया र नेदरल्याण्ड्स जस्ता देशहरूले आफ्नो सबैभन्दा सानो मूल्यको सिक्का चरणबद्ध रूपमा बन्द गरिसकेका छन् । २०१३ मा क्यानडाले पेनीको उत्पादन बन्द गरेपछि क्यानडा सरकारले वार्षिक अनुमानित ४११ मिलियन बचत गर्यो ।

खर्च घटाउनका लागि अमेरिकी सांसदहरूले लामो समयदेखि सिक्का उत्पादन बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register