दलित परिवारको घर भत्काउने गाउँपलिका अध्यक्ष पक्राउ

सिरहा। सिरहामा महायज्ञका लागि दलित परिवारको घर भत्काउने प्रकरणमा संलग्न गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव सहित पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरी पक्राउ गरेको हो । पीडितबाट जाहेरी आएपछि उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको  मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिएका छन् । चैत १७ गतेदेखि हुन लागेको महायज्ञका लागि […]

Mar 22, 2025 - 01:10
 0
दलित परिवारको घर भत्काउने गाउँपलिका अध्यक्ष पक्राउ

सिरहा। सिरहामा महायज्ञका लागि दलित परिवारको घर भत्काउने प्रकरणमा संलग्न गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव सहित पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरी पक्राउ गरेको हो ।

पीडितबाट जाहेरी आएपछि उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको  मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिएका छन् ।

चैत १७ गतेदेखि हुन लागेको महायज्ञका लागि सिरहा औरही -५ का दीपक मलिक डोमको घर भत्काइएको थियो । प्रधानमन्त्री आवास कार्यक्रम अन्तर्गत निर्माण भएको उक्त घर भत्काउनका लागि गाउँपालिका अध्यक्षले सहमति पत्रमा जबरजस्ती हस्ताक्षर गराएका थिए ।

यस  घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ । राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनाको स्थलगत अनुगमन गरेका थिए ।

प्रतिनिधि सभाको बैठकमा समेत सांसदले पटकपटक यस घटनाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register