मुम्बई प्लेअफमा, दिल्ली बाहिरियो

काठमाडौं । मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा स्थान बनाएको छ। बुधबार राति भएको  खेलमा दिल्लीलाई पराजित गरेसँगै मुम्बई प्लेअफमा पुग्ने चौथो टोली बनेको छ। यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किंग्सले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली […]

May 22, 2025 - 01:37
 0
मुम्बई प्लेअफमा, दिल्ली बाहिरियो

काठमाडौं । मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा स्थान बनाएको छ।

बुधबार राति भएको  खेलमा दिल्लीलाई पराजित गरेसँगै मुम्बई प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।

यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किंग्सले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १८.२ ओभरमा १२१ रनमा अलआउट भयो। दिल्लीका लागि समिर रिज्भीले सर्वाधिक ३९ रन बनाए। भिपराज निगमले २० रन जोड्दा, आशुतोष शर्माले १ र ओपनर केएल राहुलले ११ रन बनाए।

दिल्लीलाई सस्तैमा रोक्न मिचेल सान्टनर र जसप्रित बुमराहले समान ३-३ विकेट लिए। कर्ण शर्मा, ट्रेन्ट बोल्ट, दीपक चाहर र विल ज्याक्सले समान १-१ विकेट हात पारे।

त्यसअघि, मुम्बईको घरेलु मैदानमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८० रनको योगफल तयार पारेको थियो।

मुम्बईका लागि सूर्यकुमार यादव ७३ रनमा अविजित रहे। यादवले ४३ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। तिलक वर्माले २७ र रायन रिकलटोनले २५ रनको योगदान दिए। निमर धिर २४ रनमा अविजित रहँदा विल ज्याक्सले २१ रन बनाए।

दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए। कुलदीप यादव, दुश्मन्था चामिरा र मुस्ताफिजुर रहमानले समान १-१ विकेट लिए।

आईपीएलको यस सिजनमा दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स लिग चरणबाटै बाहिरिएका छन्।

पाँच पटकको च्याम्पियन मुम्बई ११औँ पटक आईपीएलको प्लेअफमा प्रवेश गरेको हो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register