समग्र सहकारी नै गलत भएको भाष्यको अन्त्यका लागि सहकारी अभियन्ता गम्भीर हुन मन्त्री अधिकारीको सुझाव 

बुटवल।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले देशभरमा रहेका सहकारीको संख्या यकिन नभएको अवस्थामा सहकारी नियमन कसरी गर्न सकिन्छ भन्दै गुनासो गरे ।  मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले ‘अहिलेसम्म दर्ता भएका सहकारी कति हुन्, कहिले ३१ हजार ४ […]

Feb 14, 2025 - 16:05
 0
समग्र सहकारी नै गलत भएको भाष्यको अन्त्यका लागि सहकारी अभियन्ता गम्भीर हुन मन्त्री अधिकारीको सुझाव 

बुटवल। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले देशभरमा रहेका सहकारीको संख्या यकिन नभएको अवस्थामा सहकारी नियमन कसरी गर्न सकिन्छ भन्दै गुनासो गरे ।  मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले ‘अहिलेसम्म दर्ता भएका सहकारी कति हुन्, कहिले ३१ हजार ४ सय भन्ने आउँछ, कहिले ३ सय भन्ने आउँछ, कतिले ३२ भनेको सुनेको छु, यस्तो पनि हुन्छ ? दर्ता भएकै संख्या त हामीले पत्तो लगाउन यो समस्या छ अनि संकटमा परेका सहकारीको संख्या कसरी पत्तो लाग्छ उनको प्रश्न थियो ?

  ‘यति ठूलो मेकानिजम छ, यति धेरै सफ्टवेयर बनेका छन्, यति धेरै खर्च भएको छ, यस्ता तथ्यांक त आधिकारिक सबैले एकै भन्नुपर्यो नि, संघ, प्रदेश अनि स्थायी तीनै तहमा संरचना भएको अवस्थामा पनि यस्तो अवस्थाले कसरी कार्यसम्पादन हुन्छ ?’मन्त्री अधिकारीले सहकारी क्षेत्रमा समस्या भएको स्वीकार  गरे । 

सहकारीमा अहिले देखिएका समस्या सल्टाउनका लागि सरकारले अध्यादेश ल्याएको पनि उनले बताए । केही सहकारीमा समस्या आएकाले समग्र सहकारी नै गलत भएको जसरी भाष्य बनाइएको भन्दै यसका लागि सचेतना जगाउन सबै सहकारी अभियान्ताको काम भएको मनत्री अधिकारीको जिकिर रहेको थियो ।

 मन्त्री अधिकारीले अहिले सहकारीमाथि उठेका भ्रम चिर्नु सबै सहकारी अभियान्ताहरुको  काम भएको सुझाव दिए । मन्त्री अधिकारीले सहकारी ठगी गरेका कारण अहिले पनि कतिले सजाय पाइरहेको, सरकारको नियमनकै कारण धेरै पीडितको रकम फिर्ता भएको अरु पनि प्रक्रियामा रहेको विषयलाई बाहिर नल्याएर खाली रकम ठगे भन्ने मात्रै विषयले बढी चर्चा पाएर समस्या भएको बताए । सहकारीको प्रणालीलाई अपनाउने र यसको विधिमा रहेर चलेका सहकारीमा कुनै समस्या नभएको र उद्देश्य विपरीत चलेका र चलाउन खोजिएका केही सहकारीले गरेको बदमासीले सबैलाई समस्या पारेको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन कुमार पोखरेलले सहकारी ठगी खान नभई गरिखानेको हो भन्ने बनाउन जरुरी रहेको बताए । उनले सहकारीमा सुशासन कायम गर्न तीन वटा विषयमा ध्यान दिन जरुरी रहेको भन्दै कानुनको पालना, समानतामा आधारित व्यवहार , र काममा शुद्धता हुनु पर्नेमा जोड दिए । 

लुम्बिनी सरकारका भूमि व्यवस्था, सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले  सामाजिक रुपान्त्ररणको अभिन्न अंगका रुपमा सहकारीलाई प्रदेश सरकारले अगिकार गरे पनिसहकारी हेर्ने मन्त्रालयको स्थायित्व नहुदा कार्यक्रम लागू गर्न समस्या हुने गरेको गुनासो गरे ।

 राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष  ओमदेवि मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे महासंघकी टीका न्यौपाने लगायतले बोल्दै सहकारीका समस्यामा  सहकारी अभियान्ताहरु गम्भीर हुन सुझाव दिएका थिए । प्रदेशका १२ जिल्लाका सहकारीहरुको सहभागितामा भएको गोष्ठीमा डा. खगराज गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register