भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, २ दिनमा २१ जनाको मृत्यु

नयाँदिल्ली ।  भारतमा २ दिन भित्रमा २१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  साथै, कोरोनाका सक्रिय केसहरूको संख्या ह्वात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० सङ्क्रमित मामिलाहरू उल्लेख गरिएको छ । […]

Jun 2, 2025 - 04:45
 0
भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, २ दिनमा २१ जनाको मृत्यु

नयाँदिल्ली ।

 भारतमा २ दिन भित्रमा २१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 साथै, कोरोनाका सक्रिय केसहरूको संख्या ह्वात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० सङ्क्रमित मामिलाहरू उल्लेख गरिएको छ ।

 स्वास्थ्य विभागको वेबसाइटका अनुसार २२ मे मा देशमा २५७ केसहरू मात्रै थिए तर यो बिचका ९ दिनमा १४ गुणाले कोरोनाका केसहरू बढेका हुन्।

 गत मे ३१ मा बेङ्गलुरुमा ६३ वर्षीय प्रौढको कोरोना कारण मृत्यु भएका थियो । तर, उनले दुवै खोपसँगै  बुस्टर डोज पनि लगाएका थिए तर  पनि उनको ज्यान गुमाउनु परेको थियो ।

भारत सरकारले मानिसहरूलाई भिडभाड हुने ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

 ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकको अस्पतालमा गएर परीक्षण गराउन भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register