सुर्खेत रंगशाला १० औं राष्ट्रिय खेलकुदको पर्खाइमा

सुर्खेत। पोखराबाट नवौं राष्ट्रिय खेलकुदको बिदाईको दुई वर्षपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भेट्ने सपना अझै पुरा भएको छैन ।दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने गरी २०७९ कार्तिक ३ गते पोखराबाट झण्डा कर्णाली प्रदेश ल्याइएको थियो । दुई वर्षभित्रमा राष्ट्रिय खेलकुद गर्ने जिम्मेवारी लिएको कर्णाली प्रदेशले सुर्खेतको विरेन्द्रननगरमा पूर्वाधार निर्माण पनि शुरु ग¥यो । २०८१ मंसिर २ […]

Jun 9, 2025 - 06:15
 0
सुर्खेत रंगशाला १० औं राष्ट्रिय खेलकुदको पर्खाइमा

सुर्खेत।

पोखराबाट नवौं राष्ट्रिय खेलकुदको बिदाईको दुई वर्षपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भेट्ने सपना अझै पुरा भएको छैन ।
दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने गरी २०७९ कार्तिक ३ गते पोखराबाट झण्डा कर्णाली प्रदेश ल्याइएको थियो । दुई वर्षभित्रमा राष्ट्रिय खेलकुद गर्ने जिम्मेवारी लिएको कर्णाली प्रदेशले सुर्खेतको विरेन्द्रननगरमा पूर्वाधार निर्माण पनि शुरु ग¥यो ।

२०८१ मंसिर २ गतेदेखि खेलकुद प्रतियोगिताको मिति तय गरिएको थियो । तर तोकिएको मितिमा राष्ट्रिय खेलकुद परिषद् तोकिएको मितिमा प्रतियोगिता आयोजना गर्नबाट पछि हट्यो । तर, अन्यौलमा रहेको खेलकुद यही २०८२ सालमा हुनेमा विश्वस्त छन् । मिति भने तय भएको छैन ।

प्रतियोगिता आयोजना हुने मिति घोषणाले खेलकुद जगत उत्साहित थियो । तोकिएको मितिलाई पर सारेपछि खेलाडी निराश बने । मंसिर, चैत, जेठ हँुदैं मिति सरिरहँदा खेलाडीको उत्साह निराशामा परिणत भयो । तर, प्रतियोगिता हुनेमा आशावादी छन् । यसको लागि बजेट पनि छुट्टाइएको छ ।

प्रतियोगिताको तयारी रहेको सुर्खेत रंशगालाको निर्माण कार्य असार मसान्तसम्म पूर्ण हुने निर्माण कम्पनीले जनाएको छ । भुक्तानीमा भएको ढिलाईले निर्माणको काम पनि केही महिनापछि धकेलिएको दावी कम्पनीले गरेको छ । रंगशाला निर्माणको जिम्मेवारी कर्णाली प्रदेश सरकारले एमएसी– जिएसएल जेभी कम्पनीलाई दिएको हो ।

‘असार मसान्तसम्ममा हामीले रंगशालाको रिपोर्ट तयार तयार गरेर मन्त्रालयमा पठाउँछौं ।’ कम्पनीका प्रोजेक्ट इन्जिनियर पुरुषोत्तम बरालले बताए–‘भुक्तानीमा ढिलाई भएको अवस्थामा काम लम्बिन सक्छ ।’

अहिले कर्णाली प्रदेश खेलकुद परिषद् सदस्य सचिव विहीन रहेको हुदाँ कामको अनुगमनमा ढिलाई भएको अनुमान गरिएको छ । प्रदेश सरकारले सुर्खेतमा २४ खेलमध्य १४ वटा खेल खेलाउन सकिने जनाएको छ । राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटिरहँदा राजनीतिक परिवेशले खेलकुद हुने मिति लम्बिएको आसय प्रदेश सरकारको छ ।

प्रदेश सरकारले रंगशाला निर्माणको लागि १ अर्ब ६० करोड खर्चिएको छ । फुटबल मैदान, एथलेटिक सिन्थेटिक ट्रयाक, १० लेनको पौडीपोखरी, बहुउद्देश्यीय कभर्ड, मार्सल र्आट हल, आउटडोर भलिबल, ह्याण्डबल र बास्केटबल कोर्ट निर्माण गरिएको छ । संघीय सरकारले आर्थिक वर्ष २०८२÷२०८३ को बजेट भाषणमा प्रतियोगिताको लागि ५४ करोड रुपैयाँ छुट्याइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register