मन्त्रीकोे जन्मदिनमा पूर्वमन्त्रीको केक !

दोलखा। कैले काही अनौठो संयोग जुर्छ । शुक्रवार साँझ दोलखा सदरमुकाम चरिकोटमा त्यस्तै एउटा संयोग जुरेको छ । संयोग नै भन्नु पर्छ फागुन २ गते शुक्रवार परेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुुब्बा गुुरुङको जन्मदिनमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केक खुवाउन पाएका छन् । शनिवार जिरी भ्रमण बर्ष– २०२५ को […]

Feb 15, 2025 - 01:44
 0
मन्त्रीकोे जन्मदिनमा पूर्वमन्त्रीको केक !

दोलखा।

कैले काही अनौठो संयोग जुर्छ । शुक्रवार साँझ दोलखा सदरमुकाम चरिकोटमा त्यस्तै एउटा संयोग जुरेको छ । संयोग नै भन्नु पर्छ फागुन २ गते शुक्रवार परेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुुब्बा गुुरुङको जन्मदिनमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केक खुवाउन पाएका छन् ।

शनिवार जिरी भ्रमण बर्ष– २०२५ को शुभारम्भ कार्यक्रमको लागि शुक्रवार साँझ दोलखा सदरमुकाम चरिकोट आएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जन्मदिन भन्ने थाहा पाएपछि नेकपा एमाले दोलखाले केक काट्ने व्यवस्था गरेको थियो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुुब्बा गुुरुङलाई सरप्राईज दिदै केक काट्ने व्यवस्था गरिएको उक्त कार्यक्रममा एमाले पोलिटब्युुरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्री पृथ्वी सुब्बा गुरुङलाई केक खुवाएर एमाले दोलखाको तर्फबाट जन्मदिनको शुभकामना दिएका थिए । सो अवसरमा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुुर श्रेष्ठ, प्रदेश सांसद भरत बहादुुर केसी, मेलुुङ गाँउपालिका अध्यक्ष हिरा कुमार थोकर, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, एमाले दोलखाका नेता– कार्यकर्ता, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार परिवर्तनको कुरा हल्लामात्र भएको उल्लेख गर्दै  कांग्रेस सभापति शेरबहादुुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मिल्दासम्म सरकार केही नहुने बताए । मन्त्री गुरुङले भने- ढुक्क हुनुस् यो सरकार २०८४ सम्मै जान्छ । 

मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न कतिपय कानुन तत्काल संशोधन गर्नुपर्ने आवश्यकता रहेकोले सरकारले अध्यादेश ल्याएको जिकिर गरे । अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार हो मन्त्री गुुरुङले भने– त्यही अधिकार प्रयोग गरेर मुलुकमा सुशासन कायम गर्न तत्काल केही नीति– नियम परिवर्तन गर्नु पर्ने भएकोले अध्यादेश ल्याइएको हो । उनले मुलुकमा सुशासन र विकास नचाहनेहरुले मात्र अध्यादेशको विरोध गर्ने बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register