झापाको दमकमा हावाहुरीले २७ घरमा र तीन कृषि फर्ममा क्षति

बिष्णुप्रसाद पोखरेलदमक, ३० वैशाख । दमक नगरपालिकाले झापामा आइतबार साँझ आएको हावाहुरीका क्षति विवरण सार्वजनिक गरेको छ । वार्षासँगै आएको ठुलो हावाहुरीले दमक नगरपालिकाका विभिन्न वडाका २७ घरमा आंशिक क्षति पुगेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ । धेरैको टिनको छानो, टाटीबेरा भत्काएको छ । यसैगरी तीन वटा कृषि फर्ममा क्षति पुगेको पाइएकोे जानकारी [...] The post झापाको दमकमा हावाहुरीले २७ घरमा र तीन कृषि फर्ममा क्षति appeared first on Jhapa Online.

May 13, 2025 - 10:00
 0
झापाको दमकमा हावाहुरीले २७ घरमा र तीन कृषि फर्ममा क्षति

बिष्णुप्रसाद पोखरेल
दमक, ३० वैशाख ।
दमक नगरपालिकाले झापामा आइतबार साँझ आएको हावाहुरीका क्षति विवरण सार्वजनिक गरेको छ । वार्षासँगै आएको ठुलो हावाहुरीले दमक नगरपालिकाका विभिन्न वडाका २७ घरमा आंशिक क्षति पुगेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ । धेरैको टिनको छानो, टाटीबेरा भत्काएको छ । यसैगरी तीन वटा कृषि फर्ममा क्षति पुगेको पाइएकोे जानकारी उहाँले दिनुभयो ।

थापाका अनुसार नगरभित्र नौ वटा बिजुलीको पोल सडकमा ढलेका थिए । विद्युत अवरोध भएका ठाउँहरुमा तत्कालै विद्युत सुचारु गराउन पहल गरिएअनुसार अहिले विद्युत सुचारु भइसकेको थापाले बताउनुभएको छ । विद्युत प्राधिकरणसँग समन्वय गरेर ढलेका पोलहरुको व्यवस्थापन गरिएको थियो ।

केही सवारी साधनमा समेत क्षति भएको स्थलगत निरीक्षण देखिएको र कृषि क्षेत्रमा भएको क्षति विवरण सङ्कलन गर्ने कार्य पनि कृषि शाखा मार्फत भइरहेको नगर प्रमुख थापाले जानकारी दिनुभएको छ । हावाहुरीले कुनै प्रकारको मानवीय क्षति नभएको उहाँले उल्लेख गर्नुभयो ।

The post झापाको दमकमा हावाहुरीले २७ घरमा र तीन कृषि फर्ममा क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register