झापा ‘थ्रीएक्सथ्री’ बास्केटबलको उपाधि टाइम्स काठमाडौँलाई

बिर्तामोड, ३० बैशाख । झापा थ्रीएक्सथ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौँको टाइम्स क्लबले जितेको छ । झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने उक्त प्रतियोगिता अन्तरगत सोमबार राति भएको फाइनल खेलमा विभागी टोली आर्मीमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरमा जित निकाल्दै उपाधि रक्षा गर्यो । जितसँगै [...] The post झापा ‘थ्रीएक्सथ्री’ बास्केटबलको उपाधि टाइम्स काठमाडौँलाई appeared first on Jhapa Online.

May 13, 2025 - 04:45
 0
झापा ‘थ्रीएक्सथ्री’ बास्केटबलको उपाधि टाइम्स काठमाडौँलाई

बिर्तामोड, ३० बैशाख । झापा थ्रीएक्सथ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौँको टाइम्स क्लबले जितेको छ ।

झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने उक्त प्रतियोगिता अन्तरगत सोमबार राति भएको फाइनल खेलमा विभागी टोली आर्मीमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो ।

निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरमा जित निकाल्दै उपाधि रक्षा गर्यो । जितसँगै टाइम्सले नगद २ लाख र आकर्षक ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले नगद १ लाखमा चित्त बुझाएको छ । टाइम्सकै श्रेयसबहादुर शाह बेस्ट प्लेयर बने । आर्मीले सेमिफाइनलमा झापा बास्केटबल एशोसिएशनलाई २१(६ को फराकिलो स्कोरले पराजित गरेर फाइनल यात्रा तय गरेको थियो ।

यस्तै, टाइम्सले धरान सुनसरीको इमोर्टलसलाई १९–१४ स्कोरमा रोक्दै उपाधि नजिक पुगेको थियो । झापा जिल्ला बास्केटबल संघ र बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा देशभरका १६ वटा प्रतिष्ठित टोलीहरुको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता टिमलाई प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेन, नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

The post झापा ‘थ्रीएक्सथ्री’ बास्केटबलको उपाधि टाइम्स काठमाडौँलाई appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register