१४ घण्टापछि खुल्यो बीपी राजमार्ग

काठमाडौँ। काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग मङ्गलबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार […]

May 13, 2025 - 09:31
 0
१४ घण्टापछि खुल्यो बीपी राजमार्ग

काठमाडौँ।

काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ ।

अविरल वर्षापछि आएको बाढीका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग मङ्गलबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति ८ः५० बजे डाइभर्सन बगाएको थियो । उनका अनुसार बगाएको डाइभर्सन पुनः बनाएपछि यातायात सुचारु भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register