सुशानको शव लन्डनबाट नेपाल पठाइंदै, जम्मा भयो हजारौं पाउन्ड सहयोग

लन्डन। दुई साताअघि लन्डनको थेम्स नदीमा मृत भेटिएका नेपाली विद्यार्थी सुशान ओलीको शव नेपाल पठाइने भएको छ । नेपालमा रहेको सुशानको परिवारले उनको शव नेपाल पुर्याएर आफै अन्त्येष्टि गर्न चाहेपछि शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइएको हो । यतिबेला उनको शव असामयिक मृत्युहरुबारे अनुसन्धान गर्ने बेलायतको सरकारको निकाय कोरोनर अफिससंग छ । सुशानको केसका विषयमा […]

May 12, 2025 - 14:55
 0
सुशानको शव लन्डनबाट नेपाल पठाइंदै, जम्मा भयो हजारौं पाउन्ड सहयोग

लन्डन। दुई साताअघि लन्डनको थेम्स नदीमा मृत भेटिएका नेपाली विद्यार्थी सुशान ओलीको शव नेपाल पठाइने भएको छ ।

नेपालमा रहेको सुशानको परिवारले उनको शव नेपाल पुर्याएर आफै अन्त्येष्टि गर्न चाहेपछि शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइएको हो ।

यतिबेला उनको शव असामयिक मृत्युहरुबारे अनुसन्धान गर्ने बेलायतको सरकारको निकाय कोरोनर अफिससंग छ ।

सुशानको केसका विषयमा बेलायती प्रहरी र कोरोनर अफिससंग समन्वय गरिरहेका यूके नेपाली विद्यार्थी समाजका अध्यक्ष विप्लभ खड्काले नेपालीलिंकलाई बताएअनुसार अबको दुई साताभित्र सुशानको शव नेपाल पठाइसकिने अपेक्षा छ ।

गत अप्रिल २३ मा लन्डनबाट सम्पर्कविहिन सुशान अप्रिल २८ मा मृत अवस्थामा लन्डनको थेम्सस नदीमा फेला परेका थिए । अहिलेसम्मको अनुसन्धानमा उनको मृत्युका पछाडि कसैको संलग्नता वा भूमिका केही नभेटिएको अधिकारीहरुले बताएका छन्।

यता सुशानको शव नेपाल पठाउने कार्यका लागि आवश्यक खर्च जुटाउन बेलायतवासी नेपालीहरुले स्वेच्छिक आर्थिक सहयोग गरेका छन् । यो समाचार तयार हुंदासम्म दुई सुशानकै आफन्तको पहलमा गोफन्डमीमार्फत् करिब ३ हजार ८ सय पाउण्ड उठेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायत सम्पर्क विभागले क्राउफन्डिङमार्फत् संकलन गरेको अभियानमा करिब ८ हजार ८ सय पाउण्ड जम्मा भइसकेको छ ।
आवश्यक रकम जम्मा भएपछि सुशानको परिवारकै सल्लाहमा अब थप रकम संकलन नगरिने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register