भाचियो गिरुवारी खोलाको पुल, आवागमनको विकल्प रानीटार-टाँडी कच्ची सडक

नवलपरासी । नवलपरासी अत्यधिक भार सहितको माल बाहक सवारीले चोरमारा स्थित गिरूवारी खोला पुल भाचिए पछि कच्ची सडकबाट आवागमन सुचारू गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार गिरूबारी खोला पुल भाचिएका कारण लामो साईजका मल्टी एक्सल ट्रक बाहेक अन्य सवारी रानीटार टाडी कच्ची सडकबाट यातायात सुचारू रहेको छ । हाल गिरूवारी खोलामा ठूलो […]

May 13, 2025 - 04:34
 0
भाचियो गिरुवारी खोलाको पुल, आवागमनको विकल्प रानीटार-टाँडी कच्ची सडक

नवलपरासी ।

नवलपरासी अत्यधिक भार सहितको माल बाहक सवारीले चोरमारा स्थित गिरूवारी खोला पुल भाचिए पछि कच्ची सडकबाट आवागमन सुचारू गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार गिरूबारी खोला पुल भाचिएका कारण लामो साईजका मल्टी एक्सल ट्रक बाहेक अन्य सवारी रानीटार टाडी कच्ची सडकबाट यातायात सुचारू रहेको छ । हाल गिरूवारी खोलामा ठूलो पानी नभएका कारण चोरमारा बजार पूर्वबाट दक्षिण नवजागर मावि, क्रसर,रानीटार गाउँ हुदै फूलबारी निस्कने गरि यातायात संचालन भई रहे पनि सवारी चाप कम गर्न अन्य बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालले बताए ।

जिल्लाको दक्षिण तर्फका कृषि सडक अरूणखोला,प्रसौनी,सेमरा,भडारा,कोल्हुवा,डण्डा अथवा फुलबारी,मैनाघाट,अम्रसा,चोरमारा उत्तरी कृषि सडक पनि यातायात संचालनको बिकल्प हुन सक्ने स्थानीयहरू बताउछन् ।
भाचिएको पुल चिरा परेको र छेकबार बाङ्गिएको कारण पूर्ण प्राबिधिक परीक्षण बिना संचालनमा आउन नसक्ने देखिएको तथा नयाँ बन्दै गरको पुलमा पनि गर्डर हाल्ने काम आधाआधि बाँकी नै रहेको बताईन्छ ।

प्रहरीले पुलको मुखमा बा प्र ०३( ००१ ख २१३१ नम्बरको बस बिग्रेका कारण सडक एक तर्फी भई होङ्सी सिमेन्टको किंल्कर बोकेको म प्र ०३-००१ क ३१६३ नम्बरको १८ चक्के भारी ट्रक लगायत अन्य सवारी पुलमा रोकिदा पुल दबेर समस्या आएको जनाएको छ ।

यसै सम्बन्धमा बुटवल नारायणगढ सडक बिस्तार तथा निर्माण आयोजना पूर्बी खण्डका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार भाचिएको पुल स्थित राजमार्ग नजिकै बाट डाईभर्सन बनाउने बिषयमा सडक डिभिजन भरतपुर र सम्बद्ध पक्ष बीच मंगलबार बिहानैबाट छलफल भई रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register