विश्व शान्तिको कामना गर्दै सांसद आलेले कुम्भमेलाको जल पशुपतिनाथमा चढाए

काठमाडौँ।   नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले विश्व शान्तिको कामना गर्दै भारतको उत्तर प्रदेशको पर्‍यागराजमा लागेको कुम्भमेलाको जल ल्याएर आज शनिबार आराध्यवेद भगवान पशुपतिनाथमा चढाएका छन् । गत माघ ३० गते पर्‍यागराजमा लागेको कुम्भमेलामा गई  पूर्वमन्त्री एवम् सांसद आलेले त्यहाँको पवित्र जल ल्याई  आज पशुपतिनाथमा चढाएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी […]

Feb 15, 2025 - 06:35
 0
विश्व शान्तिको कामना गर्दै सांसद आलेले कुम्भमेलाको जल पशुपतिनाथमा चढाए

काठमाडौँ। 

 नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले विश्व शान्तिको कामना गर्दै भारतको उत्तर प्रदेशको पर्‍यागराजमा लागेको कुम्भमेलाको जल ल्याएर आज शनिबार आराध्यवेद भगवान पशुपतिनाथमा चढाएका छन् ।

गत माघ ३० गते पर्‍यागराजमा लागेको कुम्भमेलामा गई  पूर्वमन्त्री एवम् सांसद आलेले त्यहाँको पवित्र जल ल्याई  आज पशुपतिनाथमा चढाएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

उनले भने, “पूर्व मन्त्री आलेले पर्‍यागराजमा लागेको कुम्भमेलाबाट पवित्र जल ल्याउनु भई आज विश्व शान्तिको कामना गर्दै पशुपतिनाथमा चढाउनु भएको हो ।”

यस अघि पुस २० गते विश्व हिन्दु महासंघले सांसद एवं पूर्वमन्त्री आलेलाई हिन्दु रत्न अवार्ड समेत प्रदान गरेको थियो । महासंघले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शंकराचार्यसहित महासंघका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेका थिए ।

महासंघले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पुर्‍याउनेलाई उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्‍याएको उल्लेख गर्दै सांसद आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको सांसद आले स्वकीय सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register