काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष स्थानमा दिल्ली

काठमाडौं । राजधानी काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । यस्तै छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । दिल्ली २०१ एक्यूआईसहित विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । यसैगरी […]

Feb 17, 2025 - 02:57
 0
काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष स्थानमा दिल्ली

काठमाडौं । राजधानी काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

यस्तै छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । दिल्ली २०१ एक्यूआईसहित विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो ।

यसैगरी दक्षिण एसियाली मुलुक बङ्गलादेशको राजधानी ढाका प्रदूषित सहरको दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

तेस्रो नम्बरमा पनि अर्को दक्षिण एसियाली देश पाकिस्तानको सहर लाहोर परेको छ । यहाँको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।

काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register