केआईआईटी प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न शिक्षा मन्त्रालयलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भारतको केआईआईटीमा नेपाली छात्राहरूको मृत्यु प्रकरण दोहोरिएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । समितिका सभापति अम्मरबहादुर थापाले मृतक प्रिशा साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कारबाहीको पहल गर्न र यस्ता घटना […]

May 5, 2025 - 12:19
 0
केआईआईटी प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न शिक्षा मन्त्रालयलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भारतको केआईआईटीमा नेपाली छात्राहरूको मृत्यु प्रकरण दोहोरिएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

समितिका सभापति अम्मरबहादुर थापाले मृतक प्रिशा साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कारबाहीको पहल गर्न र यस्ता घटना फेरि हुन नदिनका लागि कूटनीतिक माध्यमबाट समेत पहल लिन शिक्षा मन्त्रालयलाई निर्देशन दिए ।

समितिमा उनले भने,’ केआईआईटीमा यस्ता घटना दोहोरिएको हुँदा घटना के कति कारणले भएको हो पहिचान हुनेगरी सत्यतथ्य सार्वजनिक गर्दै दोषी उपर कारबाही सुनिश्चित गर्न र सजगता अपनाउन शिक्षा मन्त्रालय र सरकारलाई समितिले ध्यानाकर्षण गराउँछ ।’

समितिमा सांसद देवेन्द्र पौडेलले केआईआईटीमा यस्ता घटना दोहोरिनुका पछि मनोवैज्ञानिक दबाब वा अन्य के कारण रहेको हो सत्य पत्ता लगाउनुपर्ने माग गरेका थिए ।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले सत्यतथ्य पत्ता लगाउनका निम्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेको जानकारी गराएका छन् ।

प्रिशाअघि प्रकृति लम्सालले पनि केआईआईटीको आवासमा आत्यमहत्या गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register