नेपाल आइन् साम्बा

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगेकी छिन् । आइतबार बिहान अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता तथा अन्य पदाधिकारीले साम्बालाई स्वागत गरेका हुन् । सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा नेपालको तर्फबा चुनौती प्रस्तुत गर्न साम्बा नेपाल आइपुगेकी हुन् । उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ। यस्तै, लेबनान र म्यानमार […]

Feb 17, 2025 - 06:21
 0
नेपाल आइन् साम्बा

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगेकी छिन् ।

आइतबार बिहान अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता तथा अन्य पदाधिकारीले साम्बालाई स्वागत गरेका हुन् ।

सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा नेपालको तर्फबा चुनौती प्रस्तुत गर्न साम्बा नेपाल आइपुगेकी हुन् ।

उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ। यस्तै, लेबनान र म्यानमार २ बजे आमने सामने हुनेछन् ।

लामो यात्रा गर्नुपर्ने भएको कारण साम्बाले पहिलो खेल गुमाउने सम्भावना रहेको छ ।

नेपाली राष्ट्रिय महिला टोलीको जर्सीबाट सर्वाधिक ५५ गोल गरिसकेकी साम्बा पछिल्लो समय फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register