एआईजी रवीन्द्र केसीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आउँदो चैत ५ गतेसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् । उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ र मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन् । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत उनलाई गत २६ […]

Feb 9, 2025 - 14:30
 0
एआईजी रवीन्द्र केसीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आउँदो चैत ५ गतेसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् ।

उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ र मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन् ।

प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत उनलाई गत २६ पुसको मन्त्रिपरिषद् बैठकले  एआईजीमा बढुवा गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register