महाकुम्भमा गगन थापा दम्पतीको डुबुल्की

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा र पत्नी अन्जना केसी थापाले महाकुम्भमा डुबुल्की मारेका छन् । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा डुबुल्की मारेको तस्वीरहरू थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, “महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक […]

Feb 17, 2025 - 07:21
 0
महाकुम्भमा गगन थापा दम्पतीको डुबुल्की

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा र पत्नी अन्जना केसी थापाले महाकुम्भमा डुबुल्की मारेका छन् ।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा डुबुल्की मारेको तस्वीरहरू थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, “महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो ।”

१४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौँको सङ्ख्यामा तीर्थालुहरू पुगिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register