स्रोत नखुलेको ५७ लाख रुपियाँसहित तीन जना पक्राउ

धनुषा। जनकपुरधाम उपमहानगरपालिका-८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटप सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन […]

Feb 17, 2025 - 07:23
 0
स्रोत नखुलेको ५७ लाख रुपियाँसहित तीन जना पक्राउ

धनुषा।

जनकपुरधाम उपमहानगरपालिका-८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटप सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय जेनिस साह रहेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register