भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर स्वदेश फर्कन खोजेका दर्जनौँ आप्रवासीलाई पनामाको प्रहरीले मङ्गलबार फिर्ता पठाएको छ । दङ्गा प्रहरीले क्याराभान आप्रवासीलाईलाई व्यवस्थित रूपमा स्वदेश फिर्ती प्रक्रियाका लागि कोस्टारिका फर्कन बाध्य बनाएको हो । नाम नबताउने एक आप्रवासीले एएफपीसँग भने, “हामी पूरा हुन नसकेको सपनाको खोजीमा गयौँ र अब […]

Feb 12, 2025 - 08:49
 0
भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर स्वदेश फर्कन खोजेका दर्जनौँ आप्रवासीलाई पनामाको प्रहरीले मङ्गलबार फिर्ता पठाएको छ ।

दङ्गा प्रहरीले क्याराभान आप्रवासीलाईलाई व्यवस्थित रूपमा स्वदेश फिर्ती प्रक्रियाका लागि कोस्टारिका फर्कन बाध्य बनाएको हो ।

नाम नबताउने एक आप्रवासीले एएफपीसँग भने, “हामी पूरा हुन नसकेको सपनाको खोजीमा गयौँ र अब हामी फेरि घर फर्किरहेका छौँ ।”

भेनेजुएलाका आन्द्रेस परेडेसले अमेरिकाको लामो यात्राका क्रममा भोकभोकै बस्न र सडकमा सुत्नबाट जोगिन चाहेको बताएका छन् ।

“कोस्टारिकाको एक आश्रयस्थलमा आप्रवासीहरूको आपराधिक रेकर्डको बायोमेट्रिक जाँच गरिनेछ र त्यसपछि हवाई वा समुद्री मार्गबाट स्वदेश फर्कनका लागि पनामा पठाइनेछ,” पनामाको सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

कोस्टारिकाका सुरक्षा मन्त्री मारियो जामोरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “हामी आप्रवासनको व्यवस्थित, कानुनी, मानवीय र सुरक्षित प्रवाह सुनिश्चित गर्न चाहन्छौं ।”

कोलम्बियाबाट पनामासम्म अघोर डारिएन जङ्गल हुँदै धेरै आप्रवासीले खतरनाक यात्रा तय गरेका थिए ।

गत महिना आफ्नो कार्यभार सम्हालेको पहिलो दिन नै ट्रम्पले दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय आपत्‌काल घोषणा गर्दै लाखौँ आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए ।

जुलाईमा वासिङ्टनसँग भएको सम्झौतापछि पनामाले डारियन क्षेत्रका धेरै मार्गहरू बन्द गरेको छ र आप्रवासीहरूलाई अमेरिकी आर्थिक सहयोगमा कोलम्बिया र इक्वेडरलगायत देशहरूमा सडक यातायात र उडानमार्फत फिर्ता गरेको छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register