कुम्भ मेला गएका तीन जना तिर्थालुको दुर्घटनामा मृत्यु

रुपन्देही, ५ फागुन । रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको देव दहका पूर्व वडाध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो । [...] The post कुम्भ मेला गएका तीन जना तिर्थालुको दुर्घटनामा मृत्यु appeared first on Jhapa Online.

Feb 17, 2025 - 07:58
 0
कुम्भ मेला गएका तीन जना तिर्थालुको दुर्घटनामा मृत्यु

रुपन्देही, ५ फागुन । रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको देव दहका पूर्व वडाध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो ।

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटना परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा देवदह(९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीलाई उदृत गर्दै एक भारतीय सञ्चारकर्मीले जानकारी दिएका छन् ।

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाइडरमा ठोक्किएर अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ । देव दहको भलुही ९ र १० का ३५ जनाले ५ वटा गाडी लिएर गएकोमा त्यो गाडी दुर्घटना भएको पूर्व वडाध्यक्ष केशव भट्टराईले बताउनुभयो ।

The post कुम्भ मेला गएका तीन जना तिर्थालुको दुर्घटनामा मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register