छुरा प्रहार घटना : ६ जना पक्राउ

धनकुटा, २ वैशाख । धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । खड्गीलाई नासलचोकबाट र लिम्बूलाई शिवमन्दिरबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । थप चार [...] The post छुरा प्रहार घटना : ६ जना पक्राउ appeared first on Jhapa Online.

Apr 15, 2025 - 10:42
 0
छुरा प्रहार घटना : ६ जना पक्राउ

धनकुटा, २ वैशाख । धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । खड्गीलाई नासलचोकबाट र लिम्बूलाई शिवमन्दिरबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । थप चार जना नाबालकलाई पनि पक्राउ गरी सोधपुछ भइरहेको छ ।

नयाँ वर्षको दिन हिजो धनकुटा नगरपालिका–५ बिहीवारे हटिया नजिक १७ वर्षीय कुशल राई र आयुष राईमाथि छुरा प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार घाइते कुशल र आयुषको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

The post छुरा प्रहार घटना : ६ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register