वल्र्डलिंकले ग्राहकलाई आइफोन १६ उपहार दिने

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वल्र्डलिंक कम्युनिकेसन्स प्रालिले नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आइफोन १६ उपहार दिने घोषणा गरेको हो । १० लाख घरधुरीसम्म आफ्नो […]

Mar 6, 2025 - 03:43
 0
वल्र्डलिंकले ग्राहकलाई आइफोन १६ उपहार दिने

काठमाडौं ।


वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वल्र्डलिंक कम्युनिकेसन्स प्रालिले नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आइफोन १६ उपहार दिने घोषणा गरेको हो ।


१० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा आदरणीय ग्राहक महानुभावहरूको अतुलनीय योगदान रहेको वल्र्डलिंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


‘हामी १० लाख घरधुरीमा पुग्न सफल भएका छाँै, सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तिमा १० जना सेवा ग्राहीलाई आइफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौँ ।’

७४ जिल्लामा वल्र्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार कम्तिमा ५० लाख नागरिकको संख्यामा वल्र्डलिंकको सेवा पुग्नु यसैको सफल उदारहण वल्र्डलिंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register