सुर्खेतमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुर्खेत । सुर्खेतमा फोर्स गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।आइतबार बिहान कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका-४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका बुढाको उपचारका […]

Apr 20, 2025 - 04:13
 0
सुर्खेतमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुर्खेत ।

सुर्खेतमा फोर्स गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आइतबार बिहान कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका-४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register