ग्रामीण पर्यटन तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न पसगाँउ महोत्सव

लमजुङ।  लमजुङको उत्तर पश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–६ पसगाउँमा ग्रामीण पर्यटन तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न १५ औँ पसगाउँ महोत्सव हुने भएको छ । बुधबार बेसीशहरस्थित घले गाँउ होटलको सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजन गरी महोत्सवको बारेमा जानकारी गराएको हो । २०६० देखि निरन्तर हुँदै आएको पसगाँउ महोत्सव यस वर्ष पनि यही फागुन १८ र १९ गते […]

Feb 19, 2025 - 08:36
 0
ग्रामीण पर्यटन तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न पसगाँउ महोत्सव

लमजुङ। 

लमजुङको उत्तर पश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–६ पसगाउँमा ग्रामीण पर्यटन तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न १५ औँ पसगाउँ महोत्सव हुने भएको छ । बुधबार बेसीशहरस्थित घले गाँउ होटलको सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजन गरी महोत्सवको बारेमा जानकारी गराएको हो । २०६० देखि निरन्तर हुँदै आएको पसगाँउ महोत्सव यस वर्ष पनि यही फागुन १८ र १९ गते महोत्सव हुने भएको हो । 

तमु (गुरुङ) जातिको बाहुल्य रहेको पसगाँउमा लोकसंस्कृति तथा स्थानीय हस्तकला प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । समुद्री सतहदेखि एक हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँको प्रचारप्रसार गर्न, ग्रामीण पर्यटनको माध्यमबाट गरिबी न्यूनीकरण गर्न, आर्थिक एवं समाजिक स्तरलाई माथि उकासन, गुरुङहरुको लोपोन्मुख संस्कार संस्कृति, भेषभुषा, परम्परागत गीत सङ्गीतलाई संरक्षण एवं प्रवर्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको हो ।

 महोत्सवमा परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्र लगायतका नृत्य, अलैचि तथा चिया बगानको अवलोकन, गुरुङ खाना महोत्सव तथा राष्ट्रिय कलाकारको साथमा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रमुख आकर्षणको रुपमा रहेको महोत्सव आयोजना गर्न लागिएको क्व्होलासोथार गाउँपालिका अध्यक्ष एवं पसगाँउ महोत्सव मूल आयोजक समितिका संयोजक सूर्यप्रसाद गुरुङले बताए । गुरुङका अनुसार महोत्सवलाई सभ्य र भव्य रुपमा सफल पार्न १२ उपसमिति समेत गठन गरीएको छ । एक सय ३३ घरधुरी रहेको पसगाँउमा २१ घरमा होमस्टे सञ्चालन हुँदै आएको छ । अगामी दिनमा होमस्टेलाई पनि थप गर्दे लैजाने होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

लमजुङ सदरमुकाम बेसीशहरदेखि क्व्होलासोथार गाउँपालिकाको केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register