कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा। पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन् । कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएका दुई मजदुर छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन् । यस्तै, कालीगण्डकी नदीमै मृत फेला परेका रास्कोटी पाल्पास्थित राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा श्रमिकका रूपमा काम गर्दै आएका थिए । उनी नदीको किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता […]

Mar 16, 2025 - 16:16
 0
कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा।

पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन् । कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएका दुई मजदुर छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिन्धुलीको गोलाचौर गाउँपालिका–६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी नदीमा मृत भेटिएका हुन् । 

अस्लामी बगनासकाली गाउँपालिका–६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडकखण्डको अस्थायी क्याम्पमा बसेर सोही सडकखण्डमा डोजर अप्रेटरको काम गर्दै आएका थिए । 

उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीसँगै क्याम्पमा सुतेकामा २७ गते बिहान विस्तारामा नभएको र खोजतलास गर्दा पाँच दिनपछि शनिबार राति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार अस्लामीले मोबाईल विस्तारामा नै छोडेर गएको र सिसिटिभी फुटेज हेर्दा राति क्याम्पबाट बाहिर निस्किएको देखिएकाले खोजतलास गर्ने क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला पारिएको हो । 

यस्तै, कालीगण्डकी नदीमै मृत फेला परेका रास्कोटी पाल्पास्थित राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा श्रमिकका रूपमा काम गर्दै आएका थिए । उनी नदीको किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । रास्कोटी खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल पानीमा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register