एकीकृत समाजवादीले भन्यो : काङ्ग्रेस-एमाले गठबन्धन दुई दलीय तानाशाहीतर्फ अग्रसर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काङ्ग्रेस-एमाले गठबन्धन दुई दलीय तानाशाहतर्फ अग्रसर भइरहेको बताएको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमार्फत वर्तमान सत्ता गठबन्धन दुई दलीय तानाशाह लाद्न अग्रसर भएको आरोप लगाएका हुन् । वर्तमान सरकार निरङ्कुश र स्वेच्छाचारी ढङ्गले अघि बढेको भन्दै नेपालले राजनीतिक प्रतिवेदनमा भनेका छन्, “अहिलेको गठबन्धन सरकार देश र जनताको हितमा छैन […]

Feb 19, 2025 - 10:55
 0
एकीकृत समाजवादीले भन्यो : काङ्ग्रेस-एमाले गठबन्धन दुई दलीय तानाशाहीतर्फ अग्रसर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काङ्ग्रेस-एमाले गठबन्धन दुई दलीय तानाशाहतर्फ अग्रसर भइरहेको बताएको छ ।

अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमार्फत वर्तमान सत्ता गठबन्धन दुई दलीय तानाशाह लाद्न अग्रसर भएको आरोप लगाएका हुन् ।

वर्तमान सरकार निरङ्कुश र स्वेच्छाचारी ढङ्गले अघि बढेको भन्दै नेपालले राजनीतिक प्रतिवेदनमा भनेका छन्, “अहिलेको गठबन्धन सरकार देश र जनताको हितमा छैन । यो निरङ्कुश एवं स्वेच्छारी ढङ्गले चल्दैछ । वर्तमान सत्ता गठबन्धनबाट मुलुमा दुई दलीय तानाशाही लाद्ने प्रयत्न भइरहेको छ ।”

अध्यक्ष नेपालले सरकार जनताको पक्षमा नभएर भूमाफियाको पक्षमा रहेको आरोप पनि लगाएका छन् । सरकारले ल्याएको भूमीसम्बन्धि अध्यादेश त्यसकै उपज रहेको उनको मत छ । “जग्गा दललाई हदबन्दीभन्दा बढी जग्गा बेच्न दिने तथा अव्यवस्थित बसोबासका नाममा सरकारी वा सार्वजनिक जग्गा कब्जा गरी बसेकालाई सित्तैमा जग्गा दिने प्रावबाधनबाट सरकार आम नेपाली जनताको पक्षमा होइन दलाल व्यापारी र भूमाफियाको पक्षमा छ भन्ने कुरा अध्यादेशका प्रावधानले देखाउँछ,” राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

सरकार गठन भएको सात महिनासम्म पनि जनपक्षीय काम नभएको उनले प्रतिवेदनमा भनेका छन् । “सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको छ,” प्रतिवेदनमा उल्लेख छ ।

अध्यादेशका कारण सरकारलाई अप्ठ्यारो परेकाले जसरी पनि पारित गर्ने षड्यन्त्रमा सरकार अग्रसर भएको उनले प्रतिवेदनमा भनेका छन् ।

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन समाजवादीको पोलिटब्यूरो बैठकमा पेस भएको छ । यो प्रतिवेदनमा शुक्रबारसम्म छलफल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register