राप्रपाले भन्यो – ट्रायल मात्र देख्नु भो, आन्दोलन सुरु भएकै छैन

काठमाडौं । राप्रपा नेपालका सांसद ध्रुवबहादुर प्रधानले राजसंस्थाको निम्ति सडकमा देखिएको मानिसहरूको भिड ट्रायल मात्र रहेको बताएका छन् । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद प्रधानले वास्तविक आन्दोलन सुरु नै नभएको बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको स्वागत कार्यक्रमलाई इङ्कित गर्दै प्रधानले आन्दोलन सुरु नै नभएको बताएका हुन् । “स्वागतको कार्यक्रम मात्र देख्नुभयो । हामीले […]

Mar 11, 2025 - 10:12
 0
राप्रपाले भन्यो – ट्रायल मात्र देख्नु भो, आन्दोलन सुरु भएकै छैन

काठमाडौं । राप्रपा नेपालका सांसद ध्रुवबहादुर प्रधानले राजसंस्थाको निम्ति सडकमा देखिएको मानिसहरूको भिड ट्रायल मात्र रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद प्रधानले वास्तविक आन्दोलन सुरु नै नभएको बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको स्वागत कार्यक्रमलाई इङ्कित गर्दै प्रधानले आन्दोलन सुरु नै नभएको बताएका हुन् । “स्वागतको कार्यक्रम मात्र देख्नुभयो । हामीले आन्दोलन त सुरु नै गरेका छैनौ । त्यो त ट्रायल मात्र हो,” प्रधानले भने ।

आफूहरूले आन्दोलन चलाउँदा भद्र अवज्ञा आन्दोलनबाट राजसंस्था पुनस्स्थापनाको मागको सुरु गर्ने प्रधानले बताए । “तपाईंहरू हिँडेको बाटो हिँड्दैनौँ । हत्या हिंसाको बाटोमा हामी हुँदैनौँ । भद्र अवज्ञा गर्छौं,”  प्रधानले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register