ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेपछि…

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच शान्ति वार्ता भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेपछि विवाद झन् बढ्ने सङ्केत देखिएको छ । जेलेन्स्कीले यसअघि रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाएको […]

Feb 20, 2025 - 02:02
 0
ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेपछि…

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच शान्ति वार्ता भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद बढ्दै गएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेपछि विवाद झन् बढ्ने सङ्केत देखिएको छ ।

जेलेन्स्कीले यसअघि रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाएको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘मलाई राष्ट्रपति ट्रम्पप्रति धेरै सम्मान छ, तर म भन्छु कि उनी गलत सूचनाको दुनियाँमा छन् ।’

राष्ट्रपतिको रुपमा जेलेन्स्कीको कार्यकाल मे २०२४ मा समाप्त हुने थियो, तर फेब्रुअरी २०२२ मा रसको आक्रमणदेखि युक्रेनमा मार्शल ल लागू छ र यसका कारण चुनाव हुन सकेको छैन ।

ट्रम्पले जेलेन्स्कीको अनुमोदन मूल्याङ्कनसमेत गरेका छन् । ‘सरल शब्दमा भन्नुपर्दा उनको लोकप्रियता केवल चार प्रतिशतमा झरेको छ,’ उनले भनेका छन् ।

यद्यपि, बीबीसी भेरिफाईको रिपोर्टले ५७ प्रतिशत युक्रेनीहरूले अझै पनि राष्ट्रपति जेलेन्स्कीलाई विश्वास गर्ने खुलासा गरेको पाइएको छ ।

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच साउदी अरेबियामा शान्ति वार्ता भएको छ ।

यसबारे युक्रेनी राष्ट्रपति जेलेन्स्कीले असहमति जनाएका छन् । आफूलाई रुसी–अमेरिकी वार्तामा आमन्त्रित नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘हामीलाई रुसी–अमेरिकी वार्तामा आमन्त्रित गरिएको थिएन । हामी सबै पारदर्शिता चाहन्छौं, ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register