ट्रम्पको प्रतिबन्धपछि आईसीसीद्वारा न्याय र मौलिक मानव अधिकारका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान
काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको निन्दा गरेको छ । ट्रम्पले प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेपछि प्रतिक्रिया जनाउँदै आईसीसीले एक विज्ञप्ति जारी गर्दै विश्वभर ‘न्याय र आशा’ प्रदान गरिरहने प्रतिबद्धता जनाएको छ । “अमेरिकाले आफ्ना अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने र स्वतन्त्र र निष्पक्ष न्यायिक कार्यलाई हानि पुर्याउने कार्यकारी आदेश जारी […]

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको निन्दा गरेको छ ।
ट्रम्पले प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेपछि प्रतिक्रिया जनाउँदै आईसीसीले एक विज्ञप्ति जारी गर्दै विश्वभर ‘न्याय र आशा’ प्रदान गरिरहने प्रतिबद्धता जनाएको छ ।
“अमेरिकाले आफ्ना अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने र स्वतन्त्र र निष्पक्ष न्यायिक कार्यलाई हानि पुर्याउने कार्यकारी आदेश जारी गरेकोमा आईसीसी भत्र्सना गर्दछ,’ द हेगस्थित अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अदालत आफ्ना कर्मचारीहरूको पक्षमा दृढतापूर्वक उभिएको र विश्वभरका अत्याचारका लाखौं निर्दोष पीडितहरूलाई न्याय र आशा प्रदान गर्न जारी राख्ने प्रतिज्ञा अदालतले गरेको छ । “हामी हाम्रा १२५ राज्य पक्ष, नागरिक समाज र विश्वका सबै राष्ट्रलाई न्याय र मौलिक मानव अधिकारका लागि एकजुट हुन आह्वान गर्दछौं,” आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अमेरिका र उसको सहयोगी इजरायललाई लक्षित गरी गरिएको अनुसन्धानलाई ‘नाजायज र आधारहीन’ भन्दै ट्रम्पले बिहीबार अदालतमाथि प्रतिबन्ध लगाएका थिए । उनले आईसीसीका पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यका साथै अदालतको अनुसन्धानमा सहयोग पुर्याएका जोकोहीलाई पनि सम्पत्ति रोक्का गर्न र यात्रा प्रतिबन्ध लगाउन आदेश दिएका थिए । ती व्यक्तिहरूको नाम तत्काल सार्वजनिक गरिएको छैन तर ट्रम्पको नेतृत्वमा भएका यसअघिका अमेरिकी प्रतिबन्धहरूले अदालतका अभियोजकलाई लक्षित गरेको थियो। “हामी हाम्रा १२५ राज्य पक्ष, नागरिक समाज र विश्वका सबै राष्ट्रलाई न्याय र मौलिक मानव अधिकारका लागि एकजुट हुन आह्वान गर्दछौं,” आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आईसीसीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वरक्षामन्त्री योभ गालान्टविरुद्ध पक्राउ वारेन्ट जारी गरेपछि ट्रम्पले प्रतिबन्ध लगाउने आदेश जारी गरेका हुन् ।
What's Your Reaction?






