हनुमानढोकामा एक पुरूषको हत्या

काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार अन्दाजी ३५ वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । मृतकको सनाखत भने हुन सकेको छैन । घटना बुधबार रातिको हो । घटनामा संग्लन रहेको आरोपमा प्रहरीले सोही स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ […]

Feb 20, 2025 - 08:47
 0
हनुमानढोकामा एक पुरूषको हत्या

काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक पुरुषको हत्या भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार अन्दाजी ३५ वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । मृतकको सनाखत भने हुन सकेको छैन ।

घटना बुधबार रातिको हो ।

घटनामा संग्लन रहेको आरोपमा प्रहरीले सोही स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना १८ वर्षमुनिका रहेकाले उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

सीसीटीभीमा बाँसले हानेर हत्या गरेको देखेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले हत्या स्वीकार गरिसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register