जनमत-नाउपा एकता स्थगित कार्यकर्तालाई घर फर्किन आग्रह

काठमाडौं ।  पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा स्थगित भएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरी पक्राउ परेसँगै एकता घोषणा स्थगित भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले एकीकरण कार्यक्रममा आएका नेता कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् । ‘पार्टी एकीकरणको दिन कार्यक्रमस्थलबाटै पक्राउ गरी रेशमलाल चौधरीलाई कारागार पठाएसँगै अर्को सूचना नआउन्जेलसम्मका लागि […]

Apr 30, 2025 - 08:58
 0
जनमत-नाउपा एकता स्थगित कार्यकर्तालाई घर फर्किन आग्रह

काठमाडौं ।  पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा स्थगित भएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरी पक्राउ परेसँगै एकता घोषणा स्थगित भएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले एकीकरण कार्यक्रममा आएका नेता कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् । ‘पार्टी एकीकरणको दिन कार्यक्रमस्थलबाटै पक्राउ गरी रेशमलाल चौधरीलाई कारागार पठाएसँगै अर्को सूचना नआउन्जेलसम्मका लागि एकता घोषणा स्थगित भयो,’ राउतले भने ।

उनले पक्राउको भर्त्सना समेत गरेका छन् । ‘पक्राउको हामी घोर निन्दा तथा भर्त्सना गर्छौँ । उहाँको पक्राउसँगै एकता घोषणा धकेलिएको छ सम्पूर्ण नेता तथा कार्यकर्ताहरू आ-आफ्ना घर जान हामीले आग्रह पनि गरेका छौँ,’ उनले भने ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई बुधबार सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register