झापामा मनाइएयो सिके प्रसाईको ३१ औं स्मृति दिवस
बिर्तामोड, ८ फागुन । झापाको बिर्तामोडमा सिके प्रसाईको ३१ औं स्मृति दिवस मनाइएको छ । सिके चिन्तन प्रतिष्ठान झापाको आयोजनामा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य सिके प्रसाईं ३१ औं स्मृति दिवस मनाइएको हो । सिके प्रसाई लगायत भूविक्रम नेम्बाङ, मच्छिन्द्रबहादुर केरुङ, फत्तेबहादुर बुढाथोकी, रणकेशर बुढाथोकी, अमृतबहादुर आङदेम्बे, हर्षकुमारी थपलिया, हब्बुलाल राजवंशी, तुर्सा हेमरम लगायतका [...] The post झापामा मनाइएयो सिके प्रसाईको ३१ औं स्मृति दिवस appeared first on Jhapa Online.

बिर्तामोड, ८ फागुन । झापाको बिर्तामोडमा सिके प्रसाईको ३१ औं स्मृति दिवस मनाइएको छ ।
सिके चिन्तन प्रतिष्ठान झापाको आयोजनामा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य सिके प्रसाईं ३१ औं स्मृति दिवस मनाइएको हो । सिके प्रसाई लगायत भूविक्रम नेम्बाङ, मच्छिन्द्रबहादुर केरुङ, फत्तेबहादुर बुढाथोकी, रणकेशर बुढाथोकी, अमृतबहादुर आङदेम्बे, हर्षकुमारी थपलिया, हब्बुलाल राजवंशी, तुर्सा हेमरम लगायतका नेताहरुले प्रजातान्त्रिक समाजवादका लागि संघर्ष गरेकै कारण लामो समय निर्वासित जीवन ब्यतित गर्नुपरेको थियो ।
कार्यक्रमका विशेष अतिथि कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल आचार्य, कांग्रेस झापाका सभापति देउकुमार थेवे, कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, प्रतिष्ठानका पूर्व अध्यक्ष लोकराज ढकाल लगायतले निष्ठाको राजनीति उहाँको परिचय भएको बताउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मीप्रसाद आचार्यले गर्नुभएको सचिव इन्दु पूर्वेलीले जानकारी दिनुभयो ।
The post झापामा मनाइएयो सिके प्रसाईको ३१ औं स्मृति दिवस appeared first on Jhapa Online.
What's Your Reaction?






