धार्मिक तथा पर्यटकीयस्थलमा भौतिक संरचना निर्माण गर्दा…

बिर्तामोड, २ फागुन । धार्मिक तथा पर्यटकीय स्थलमा भौतिक संरचना निर्माण गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले आज आयोजना गरेको धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका विषयमा सरोकारवाला विज्ञहरुसँगको प्यानल डिस्कशनमा सहभागीले त्यस्तो जोड दिएका हुन् । पर्यटनको विकास तीर्थाटनबाट शुरु भएको बताउँदै उनीहरुले धार्मिक, [...] The post धार्मिक तथा पर्यटकीयस्थलमा भौतिक संरचना निर्माण गर्दा… appeared first on Jhapa Online.

Feb 14, 2025 - 15:52
 0
धार्मिक तथा पर्यटकीयस्थलमा भौतिक संरचना निर्माण गर्दा…

बिर्तामोड, २ फागुन । धार्मिक तथा पर्यटकीय स्थलमा भौतिक संरचना निर्माण गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले आज आयोजना गरेको धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका विषयमा सरोकारवाला विज्ञहरुसँगको प्यानल डिस्कशनमा सहभागीले त्यस्तो जोड दिएका हुन् । पर्यटनको विकास तीर्थाटनबाट शुरु भएको बताउँदै उनीहरुले धार्मिक, ऐतिहासिक, प्राकृतिक सबै पक्षमा ध्यान दिएर धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माण गर्दा विशेष ध्यानदिनुपर्नेमा जोड दिएका छन् ।

एशोसिएसनले ‘पौराणिक तथा पुरातात्विक ढंगले प्रतिष्ठित देवी, देव क्षेत्रलाई पर्यटकीय एवम् धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकसित गर्ने उदेश्यले निर्माण गरिने भौतिक संरचना’ का विषयमा प्यानल डिस्कशन गरिएको थियो । धार्मिक आस्थाका बारेमा साधुटार शंकराचार्यपीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले पुरातात्विक स्थल अहिले कंक्रिटले भरिएको बताउनुहुँदै ऐतिहासिक स्थललाई प्राकृतिक रुपमै राख्नुपर्नेमा जोड दिनुभयो । ती स्थानमा जुन प्रकारले संरचना निर्माण हुनुपर्ने हो सो अनुसार हुन नसकेको बताउनुभयो ।

अर्का प्यानलिस्ट पर्यटन व्यवसायी अमिर राईले धार्मिक पर्यटनका हिसाबले नेपाल उर्वरभूमि भएको बताउनुभयो । उहाँले धार्मिक कंक्रिटले भरिएको बताउनुहुँदै मौलिकता झल्कने संचरना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का प्यानलिस्ट इ. काजिराम कार्कीले धार्मिक क्षेत्रमा निर्माण भएका पूर्वाधार तथा संरचना त्यहाँको अनुकूल हुनुपर्नेमा जोड दिनुभयो । धार्मिक पर्यटनलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताउँदै रणनीति र तथ्यांक जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिमा रहेकाले नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय स्तरमा पाइने वस्तुको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्माण नीतिका विषयमा ललीतपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग प्यानल डिस्कशन गर्नुभएको थियो । प्यानल डिस्कशनको शहजीकरण कार्यक्रम संयोजक इ. प्रकाशकुमार सिंहले गर्नुभएको थियो ।

एशोसिएसनका सभापति इ. इन्द्रमणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष इ. रोशन सुवेदीले स्वागत गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन एशोसिएसनका निमित्त सचिव इ.अजित ढुङ्गानाले गर्नुभएको थियो ।

कार्यक्रममा झापाका पालिकाका प्रमुख तथा उप–प्रमुख, धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका बिज्ञसहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश नेपाल इन्जिनियर्स एशोसिएसन कोशी प्रदेशका अध्यक्ष इ. जगनाथ शाहले पार्नुभएको थियो ।

प्यानल डिस्कशनमा सरोकारवाला बत्ताहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । अन्तरक्रियात्मक गोष्ठिबाट निस्किएको निचोडका आधारमा चाँडै झापाका सबै क्षेत्रलाई समेटेर साझा प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिने बताइएको छ ।

The post धार्मिक तथा पर्यटकीयस्थलमा भौतिक संरचना निर्माण गर्दा… appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register