मध्यविन्दुमा  कृषि प्रविधि  प्रदर्शनी र रैथाने खाना महोत्सव हुने

नवलपरासी।  पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकाले कृषि प्रविधि र रैथाने खानाको महत्वलाई उजागर गर्न महोत्सवको आयाेजजा गर्ने भएको छ । यही फागुन २२ देखि २४ गते सम्म स्थानीय नवजागरण मा वि चाेरमाराकाे रंगशालामा महोत्सव संचालन हुने नगर प्रमुख भिमलाल अधिकारीले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । महाेत्सवमा आधुनिक कृषि प्रविधि,जैविक कृषि, स्मार्ट कृषि उपकरण,रैथाने बीउबिजन […]

Feb 20, 2025 - 15:16
 0
   मध्यविन्दुमा  कृषि प्रविधि  प्रदर्शनी र रैथाने खाना महोत्सव हुने

नवलपरासी। 

पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकाले कृषि प्रविधि र रैथाने खानाको महत्वलाई उजागर गर्न महोत्सवको आयाेजजा गर्ने भएको छ ।

यही फागुन २२ देखि २४ गते सम्म स्थानीय नवजागरण मा वि चाेरमाराकाे रंगशालामा महोत्सव संचालन हुने नगर प्रमुख भिमलाल अधिकारीले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

महाेत्सवमा आधुनिक कृषि प्रविधि,जैविक कृषि, स्मार्ट कृषि उपकरण,रैथाने बीउबिजन तथा जैविक कृषिमल प्रदर्शनी र बिक्री कक्ष रहने छन् ।

त्यसै गरी  कृषि बाली प्रवर्द्धनका लागि कृषि विज्ञ तथा सराेकारवाला अन्तर संबाद,बिद्यालय स्तरीय कृषिकर्म हाजिरी जवाफ प्रतियोगिता,विभिन्न भेगका रैथाने तथा परम्परागत परिकार प्रदर्शनी,स्वाद परीक्षण तथा बिक्री स्टलहरू रहने छन् ।

जिल्जाका अन्य नगर तथा गाउँ पालिकाहरूलाई समेत निम्तो दिएर आयोजना हुने महाेत्सवमा हरेक दिन विभिन्न जातजातिकाे माैलिक सास्कृतिक प्रदर्शनी समेत गरिने बताइएको छ ।

माैजुद जनसंख्याकाे ७२ प्रतिसत मानिस कृषिमा आश्रित मध्यविन्दु नगरपालिकामा महाेत्सवबाट रैथाने खानाको संरक्षण र प्रवर्द्धन,कृषि मेसिनरी तथा ओैजारकाे बिक्री वितरण एवं कृषि क्षेत्रका नविनतम ज्ञानबाट कृषकहरू लाभान्वित हुने आयाेजककाे अपेक्षा रहेको छ ।

नवलपुर क्षेत्रमै भौगोलिक हिसाबले ठूलाे र देशकै मध्यभागमा अवस्थित मध्यविन्दु नगरपालिका धान,गहुँ,केरा,बेसार,माछा मासुमा पूर्ण आत्म निर्भर रहेको र पालिकाकाे १४ नम्बर पहाडी क्षेत्र कृषिजन्य उत्पादनका लागि अर्गानिक जाेनका रूपमा बिकास गर्न लागिएको नगर प्रमुख अधिकारीले बताए ।

महोत्सव बारे जानकारी दिन नगरपालिकाकै सभाहलमा आयाेजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पाैडेल तथा नगर उपप्रमुख पूर्णकला चाैधरीले उपस्थित सबैमा धन्यवाद दिएका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register