सवारी दुर्घटनामा एकको मृत्यु, २६ जना  घाइते

उदयपुर ।  उदयपुरको उदयपुरगढी ७ अधेरी जोगीटोलमा बिहीबार राती ८ बजेर ४० मिनटमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोषकार्कीका अनुसार सवारी दूर्घटनामापरी ज्यान गुमाउनेमा जिल्ला बारा गढीगाउँपालिका वडा नं ४ बसे वर्ष ७०को सिताराम धामी रहेका छन् । घाइते […]

Feb 21, 2025 - 09:01
 0
सवारी दुर्घटनामा एकको मृत्यु, २६ जना  घाइते

उदयपुर ।

 उदयपुरको उदयपुरगढी ७ अधेरी जोगीटोलमा बिहीबार राती ८ बजेर ४० मिनटमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोषकार्कीका अनुसार सवारी दूर्घटनामापरी ज्यान गुमाउनेमा जिल्ला बारा गढीगाउँपालिका वडा नं ४ बसे वर्ष ७०को सिताराम धामी रहेका छन् । घाइते धामीलाई उपचारार्थ अस्पताल भर्ना गरिएकोमा अस्पतालले उनलाइ मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाका  अन्य २६ जना घाइतेको उपचार विभिन्न अस्पतालमा भैरहेको पनि प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार जिल्ला उदयपुर उदयपुरगढी गापा. वडा नं ७ जोगि टोल स्थित मदन भण्डारी राजमार्गमा बारा जिल्लाबाट अं २५देखि ३० जना जन्ती बोकी गाइघाट तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६ —००१ ख ०१९५ नं. को बस र विपरीत दिशाबाट तेजपत्ता बोकी कटारीतर्फ जाँदै गरेको ना ८ ख २४०४ नं। को मिनी ट्रक (चालक र सहचालक गरी २ जना सवार रहेको)  एक आपसमा ठक्कर खाई दुर्घटना भएको भन्ने सुचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय  उदयपुरबाट प्रहरी निरीक्षक सन्तोष कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी  जिल्ला अस्पताल उदयपुर पठाएको थियो ।  

सडक  तत्काल अवरोध भएकोमा खटिएको प्रहरी टोलीले बाटो अवरोध हटाई सडक सुचारु गराएको र बस चालक र ट्रक चालकको सामान्य उपचार पश्चात् जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ । दुवै सवारी साधन घटनास्थलमै रहेको छ ।

      उक्त दुर्घटनामा जम्मा २६ जना घाइते भएकोमा २० जना सामान्य उपचार पश्चात् डिश्चार्ज भएको, २ जना जिल्ला अस्पताल उदयपुरमा उपचार्थ रहेको र घाइते मध्येका ४ जनालाई सामान्य उपचार पश्चात् थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रेफर गरिएकोमा १ जना  जिल्ला वारा गढी गा.पा. वडा नं ०४ बस्ने वर्ष ७० को सिताराम धामीलाई सोही अस्पतालले मृत घोषणा गरेको छ ।

      घाइतेहरु मध्ये २० जना उपचारपछि घर फर्किएको र न्यूरो अस्पताल बिराटनगरमा ३ र जिल्ला अस्पताल उदयपुरमा २ गरी जम्मा ५ जना हाल उपचार्थ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register