वीरगञ्ज भन्सार कार्यालयद्वारा ९४ अर्ब ५२ करोड राजस्व संकलन

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा संकलित रकममा रु सात अर्ब ९५ करोडले बढी हो । कार्यालयले उक्त अवधिमा रु एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार संकलन […]

Feb 21, 2025 - 10:02
 0
वीरगञ्ज भन्सार कार्यालयद्वारा ९४ अर्ब ५२ करोड राजस्व संकलन

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा संकलित रकममा रु सात अर्ब ९५ करोडले बढी हो ।

कार्यालयले उक्त अवधिमा रु एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो । ‘दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ’, उनले भने ।

गत साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड र असोजमा रु १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आर्थिक वर्षमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register