अग्रगामी शिक्षा ऐनको माग गर्दै ध्यानाकर्षण पत्र
भद्रपुर, ९ फागुन । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारी सम्बद्ध सवै घटकले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा क्षेत्र हस्तक्षेप मुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुनु पर्ने भन्दै देशभरका शिक्षक कर्मचारी सम्बद्ध सवै घटकले शिक्षक महासंघको नेतृत्वमा शिक्षा विकास [...] The post अग्रगामी शिक्षा ऐनको माग गर्दै ध्यानाकर्षण पत्र appeared first on Jhapa Online.

भद्रपुर, ९ फागुन । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारी सम्बद्ध सवै घटकले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
शिक्षा क्षेत्र हस्तक्षेप मुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुनु पर्ने भन्दै देशभरका शिक्षक कर्मचारी सम्बद्ध सवै घटकले शिक्षक महासंघको नेतृत्वमा शिक्षा विकास समन्वय ईकाइ मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको नेतृत्व टोलीले शिक्षा विकास समन्वय अधिकारी मार्फत झापाबाट शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र पठाइएको थियो । अध्यक्ष खरेलको अध्यक्षता तथा आदिवासी मधेशी शिक्षक महासंघका केन्द्रीय अध्यक्ष रमाकान्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कोण सभामा आन्दोलनको औचित्यमाथि प्रकाश पार्दै नेपाल शिक्षक महासंघ काशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईले शिक्षा क्षेत्र हस्तक्षेप मुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने अवस्था नआएकोले आन्दोलनको बाटो रोज्नु परेको जानकारी दिए । अध्यक्ष चौलागाईले पहिलो चरणको आन्दोलन फागुन २४ सम्म रहेकाले सरकारले सच्चिएर अविलम्ब शिक्षा ऐन जारी नगरे कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका थिए ।
The post अग्रगामी शिक्षा ऐनको माग गर्दै ध्यानाकर्षण पत्र appeared first on Jhapa Online.
What's Your Reaction?






